दफा ६
कोषबाट सञ्चालन हुने कार्यक्रमहरु
– कोषको उद्देश्य हासिल गर्न स्थानीय मागअनुरुप मुख्यतया देहायबमोजिमका कार्यक्रम सञ्चालन हुनेछन्ः–
(क) कृषि, पशु र पंक्षीपालन, सिलाइबुनाइ, स्थानीय श्रोत र कच्चा पदार्थमा आधारित घरेलु तथा साना उद्योगजस्ता आयबृद्धि, सीपविकास, रोजगारी सृजना अभिवृद्धि र उत्पादन वृद्धि कार्यक्रम,
(ख) गरीबी निवारणको कार्यमा सहयोग पु¥याउन आवश्यकतानुसार पूरक कार्यक्रमको रुपमा आधारभूत स्वास्थ्य, साक्षरता, प्राविधिक शिक्षा, युवा रोजगार तालिम, साना सिँचाई, साना पुल, झोलुङ्गे पुल, खानेपानी, सरसफाइ, ग्रामीण सडक, ग्रामीण ऊर्जा तथा वातावरणसम्बन्धी कार्यक्रम,
(ग) समुदायबाट पहिचान भएका विकासका स–साना पूर्वाधारहरुका निर्माण कार्यक्रम,
(घ) गरीबी निवारण कार्यक्रमलाई सहयोगी संस्थामार्फत सहजरुपमा सञ्चालन गर्ने कार्यपद्धतिको विकास गरी त्यस्ता कार्यक्रममा सामाजिक परिचालनका माध्यमबाट संलग्न हुने व्यक्ति, परिवार, सामुदायिक संस्था तथा कर्मचारीको क्षमता अभिवृद्धि गर्ने तालिम, गोष्ठी, अवलोकन
भ्रमण आदि कार्यक्रम ।